चीनबाट सामान लिएर आएको जहाजलाई भारतले मुम्बईमा रोकेको भन्दै पाकिस्तानको आपत्ति

 फागुन २०, २०८० आइतबार १५:३४:२८ | एजेन्सी
unn.prixa.net

चीनबाट पाकिस्तान जाँदै गरेको एक पानीजहाजलाई भारतले मुम्बई बन्दरगाहमा रोकेको विषयमा पाकिस्तानले प्रतिक्रिया दिएको छ ।

गएको जनवरीमा भारतीय एजेन्सीहरूले यो जहाजमा आणविक र ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्रीको खेप रहेको दाबी गरेका थिए । पाकिस्तानको विदेश मन्त्रालयले तथ्यलाई गलत प्रस्तुत गर्ने भारतीय मिडियाको पुरानै बानीको रूपमा टिप्पणी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत कराचीमा रहेको कम्पनीको तर्फबाट लेथ मेशिन आयात गर्ने सामान्य मामिलालाई भारतीयले उचालेको जनाएको छ । यो कम्पनीले पाकिस्तानमा अटोमोबाइल कम्पनीहरूलाई पार्टपुर्जा आपूर्ति गर्छ । माग गरिएको उपकरण व्यावसायिक प्रयोगका लागि ल्याइएको स्पष्ट कागजात रहेको र आयात निर्यातको कारोबार पारदर्शी बैंकिङ च्यानलमार्फत भएको मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले भारतको यो कदमलाई गैरकानुनी भनेका छन् । भारतीय सुरक्षा निकायले गएको जनवरीमा चीनबाट पाकिस्तान जाँदै गरेको जहाजलाई मुम्बई बन्दरगाहमा रोकेको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया