पाकिस्तानकाे नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

 फागुन २०, २०८० आइतबार १८:७:५४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का उम्मेदवार शहबाज शरिफ निर्वाचित हुनुभएको छ ।

आज नेशनल असेम्बलीमा भएको चुनावमा इमरान खानको पार्टी तहरिक ए इन्साफ (पीटीआई) को समर्थनमा उम्मेदवार बन्नुभएका उमर अयुबलाई पराजित गर्दै शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । शहबाजले दुई सय एक मत प्राप्त गर्दा अयुबले ९२ मत पाउनुभयो ।

शहबाज शरिफ दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो । यसअघि सन् २०२२ मा उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । शहबाज तीन पटक प्रधानमन्त्री भइसकेका नवाज शरिफका भाइ हुनुहुन्छ ।

गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले चुनावमा सबैभन्दा धेरै सिट जितेका थिए ।

यसैबीच पाकिस्तानमा यही मार्च ९ मा राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपतिका लागि गठबन्धन दलहरूले आसिफ जर्दारी र पीटीआईले महमूद खान अचकजाईलाई उम्मेदवार बनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया