अमेरिकी राष्ट्रपतिको उम्मेदवार लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीको पहिलो जित

 फागुन २१, २०८० सोमबार १२:२०:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारका लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीले पहिलो पटक जित्नुभएको छ । रिपब्लिकन पार्टीबाटै राष्ट्रपति चुनावको उमेद्वार बन्नका लागि कोलम्बियामा भएको चुवानमा हेलीले जित्नुभएको बीबीसीले जनाएको छ ।

यसअघि भएका चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्दै आउनुभएको थियो । हेलीको विजयी सुरुवातले ट्रम्पको जितको सिलसिला रोकिदिएको छ । हेलीले आउँदो राष्ट्रपतिको चुनावमा मतदाताले आफ्नै पार्टीका ट्रम्पको विकल्प खोज्नुपर्ने बताउँदै आउनुभएको खबरमा उल्लेख छ । तर अहिलेसम्मको चुनावी अभियानमा ट्रम्प अगाडि हुनुहुन्छ । अमेरिकामा राष्ट्रपतिको चुनाव आउँदो  नोभेम्बरमा हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया