अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने कल्पना गर्दैनन् : गगन थापा

 फागुन २७, २०८० आइतबार १८:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावअघि गठबन्धन गर्नेबारेमा कल्पना नगर्ने बताउनुभएको छ ।

आज ललितपुरको गोदावरी नगरपालिकाको आठाैँ स्थापना दिवसको अवसरमा बोल्दै महामन्त्री थापाले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताउनुभयो । उहाँले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताउनुभयो ।

महामन्त्री थापाले केही नेताहरू मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको जिकिर गर्नुभयाे । उहाँले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाला । नेताहरू मिलेर चुनावमा जाने एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । अब कसैले पनि चुनावअघि गठबन्धन गर्नेबारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब हुन्छ । सबैलाई चेत खुलेको छ । नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ । यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ ।’

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया