नेपालले घरेलु मैदानमा खेल्नुपर्ने फिफा विश्वकप छनोट खेल बहराइनमा खेल्ने

 फागुन २९, २०८० मंगलबार १८:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने भनेको फिफा विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने भएको छ । 'होम एन्ड अवे' का आधारमा छनोट खेल हुने भए पनि त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला खेल खेलाउन योग्य नभएपछि दुवै खेल बहराइनमा नै हुन लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

पूर्व निर्धारित खेलतालिकाअनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । अब चैत ८ र १३ गते नै खेल बहराइन नेशनल स्टेडियममा हुनेछ ।

यसअघि एसियाली फुटबल महासङ्घका प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्नेछ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया