आईसीसीका प्रमुख ग्रेग बार्कले अर्को हप्ता नेपाल आउने

 चैत १, २०८० बिहिबार ६:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रमुख ग्रेग बार्कले अर्को हप्ता नेपाल आउने भएका छन् । हिजो नेपाल क्रिकेट सङघ क्यानले विज्ञप्ति जारी गर्दै आईसीसीका अध्यक्षले आउँदो आइतवारदेखि ४ दिन नेपाल भ्रमण गर्ने तालिका जनाएको छ ।

बार्कलेले नेपाल भ्रमणको क्रममा त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको निरीक्षण गर्नेछन् । यस्तै, उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री लगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ । नेपालले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकप सह–आयोजना गर्ने दाबी गर्दै आएको छ ।

क्यानले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ । बार्कलेले नेपाल भ्रमणका लागि आफु उत्साहित रहेको बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया