न्युजिल्यान्डले पाकिस्तानमा गएर ५ खेलको टी–२० क्रिकेट शृङ्खला खेल्ने

 चैत १, २०८० बिहिबार १२:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ —  न्युजिल्यान्डले पाकिस्तानमा गएर पाँच खेलको टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो अप्रिलमा न्युजिल्यान्डकाे क्रिकेट टोलीले पाकिस्तानमा शृङ्खला खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।

अप्रिल १८ देखि २१ सम्म रावलपिन्डीमा तीन वटा खेल र अप्रिल २५ र २७ मा लाहोरको गद्दाफी स्टेडियममा थप दुई खेल हुने पीसीबीले जनाएको छ । गएको फेब्रुअरीमा न्युजिल्यान्डको सुरक्षा विश्लेषण टोलीले पाकिस्तानको भ्रमण गरेपछि खेलको तालिका पक्का भएको हो । सन् २०२२ को डिसेम्बरपछि न्युजिल्यान्डको यो तेस्रो पाकिस्तान भ्रमण हो ।

त्यसअघि न्युजिल्यान्ड पाकिस्तान गएर पनि सुरक्षाको कारण देखाएर खेल नै नखेली फर्किएपछि आलोचना भएको थियो । न्युजिल्यान्डकाे टोलीले अप्रिलमा पाकिस्तानसँग शृङ्खला खेल्ने भएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा न्युजिल्यान्डका खेलाडीले केही खेल गुमाउने भएका छन् ।

यो सिजनका लागि ड्यारेल मिचेल, मिचेल सान्टनर, केन विलियम्सन, रचिन रविन्द्र, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स र लकी फोर्गुसन आईपीएलका विभिन्न टोलीमा अनुबन्धित छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया