पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

 चैत १, २०८० बिहिबार १५:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि त्यसको चर्चा भइरहेको छ । सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई प्रथम महिलाको दर्जा दिने गरेकोमा छोरीलाई त्यस्तो दर्जा दिएपछि पाकिस्तानसहित विश्वमै चर्चा भइरहेको हो ।

आसीफा अली जर्दारीले प्रथम महिलालाई दिइने सबै सुविधा पाउनुहुने छ । पाकिस्तानमा छोरीलाई कसरी प्रथम महिला बनाउन मिल्छ भन्ने बहस चलेको छ ।

पाकिस्तानको पत्रिका 'द एक्सप्रेस ट्रिब्यून' ले गरेको कुराकानीमा कानुनका जानकारहरूले राष्ट्रपतिसँग आफ्नो परिवारको कुनै महिला सदस्यलाई प्रथम महिलाको उपाधि दिने अधिकार हुने बताएका छन् । आसीफा पाकिस्तानमा पोलियो रोग नियन्त्रणसम्बन्धी अभियानमा सक्रिय हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया