सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द हुने

 चैत २, २०८० शुक्रबार ६:३२:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – ऋणदाता राष्ट्रहरूको अनौपचारिक समूह पेरिस क्लब सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न सहमत भएको छ । पेरिस क्लबको उद्देश्य ऋणी राष्ट्रहरूले सामना गर्ने भुक्तानी समस्याहरूको व्यावहारिक समाधान खोज्नु रहेको भन्दै समूहले सोमालियाको समस्यालाई दृष्टिगत गरी यो निर्णय लिइएको जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०२३ डिसेम्बरमै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) समेतको पहलबाट गरीब देशहरू अर्थात एन्हान्स्ड एचआईपीसीको ऋण अनुमोदन अन्तर्गत ऋणदाता राष्ट्र र ऋणी राष्ट्रको आपसी समन्वयपछि निष्कर्षमा पुग्न सकिने सहमति भएको थियो  ।

त्यही अनुसार पेरिस क्लब अर्थात ऋणदाता देशहरू र सोमालीयाको सरकारका प्रतिनिधिहरू अस्ति भएको बैठकपछि ऋण रद्ध गर्ने निर्णय लिइएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया