रञ्जना लिपि लेख्न र सिक्न ‘नित्या रञ्जना’ युनिकोड सार्वजनिक

 चैत ४, २०८० आइतबार १८:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाले रञ्जना लिपि लेख्न र सिक्न ‘नित्या रञ्जना’ युनिकोड सार्वजनिक गरेको छ । नेपाल कला परिषद्मा हिजो काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले लिपि सार्वजनिक गर्नुभयो । रञ्जना लिपि मौलिक र प्राचीन भएर पनि यी अक्षरहरूको प्रयोग, प्रवद्र्धन हुन सकेको थिएन ।

क्यालिजात्रा फाउन्डेशनमा आबद्ध युवाको सक्रियताले लिपि प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपि सिक्न सक्ने स्वरूपमा रूपान्तरण भएको हो । यो लिपि इन्डो आर्यन, मङ्गोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ ।

लिपी सार्वजनिक गर्दै महानगरकी उपमेयर डङ्गोलले मौलिक लिपि विश्वव्यापीकरण भएको बताउनुभयो । सन् २०१९ मा जापानमा भएको लिपि सम्मेलनमा रञ्जना लिपिको प्रस्तुतिकरण भएको थियो । सम्मेलनको अन्त्यमा लिपिलाई सबैले हेर्न सक्ने, देख्न सक्ने र प्रयोग गर्न सक्ने बनाउन प्रतिबद्धता गरिएको थियो ।

काठमाण्डौ महानगरले ठाउँको प्राचीन नाम पुनरुत्थान गर्दैछ । नित्या रञ्जना लिपिले आफूहरूको कामलाई सहयोग पुग्ने महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले भन्नुभयो । युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया