नेपालकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

 चैत ५, २०८० सोमबार ६:५०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले ५७ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक छनोट यात्रा तय गरेकी हुन् ।

पलेसाकी प्रशिक्षक कविराज नेगी लामाका अनुसार फाइनलमा उनले इरानकी तेल्ला मिजाईलाई पराजित गरिन् । त्यस अगाडि उनले सेमिफाइनलमा उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई हराएकी थिइन् । पलेसा ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि संगिना वैद्य र दिपक विष्टले ओलम्पिक खेलेका थिए । पलेसाले यसअघि चीनको हानचाउमा भएको एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया