रेसुङ्गा विमानस्थलबाट आजदेखि हप्तामा ३ वटा उडान

 चैत ५, २०८० सोमबार १५:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि हप्ताको तीन वटा उडान शुरु भएको छ । यसअघि हप्तामा बुधवार र शुक्रवार गरी दुई वटा उडान गर्दै आएको राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सले आजदेखि थप एउटा उडान भर्न शुरु गरेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

यात्रुको चाप बढेपछि नेपाल एअरलाइन्ससँग समन्वय गरी हप्तामा तीन वटा उडान शुरु गरेको रेसुङ्गा नगरपालिकाका मेयर खिल्धवज पन्थीले बताउनुभयो । यात्रुको चापका आधारमा आउँदा दिनमा उडान थप गर्नका लागि पहल गर्ने मेयर पन्थीको भनाइ छ ।

गुल्मीमा धुले उडान भएको चार वर्षपछि मात्र व्यावसायिक उडान शुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया