'मुख स्वस्थ भए मात्रै शरीर स्वस्थ'

 चैत ७, २०८० बुधबार ९:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – आज मार्च २० तारिख, अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा मुख स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाहरूले जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछन् ।

शुरुमा सेप्टेम्बर १२ तारिखमा मनाइने गरिएको यो दिवस सन् २०१३ देखि मार्च २० तारिखमा मनाउन थालिएको हो । यो वर्ष 'खुशी मुख, खुशी शरीर' नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाईदैछ । स्वस्थ हाँसो र आत्मविश्वासको लागि मुख स्वास्थ्य दिवसको महत्व रहेको विज्ञहरु बताउँछन् ।

स्वस्थ हाँसोले जीवनमा धेरै परिवर्तनहरु ल्याउन सक्ने भन्दै स्वस्थ मुख भए मात्र शरीर स्वस्थ रहने र जीवनमा आत्मविश्वास रहिरहने डाक्टरहरुले बताएका छन् । मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरीका अङ्गलाई बुझाउँछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया