चितवनको भरतपुरमा सिँचाई सुविधा पुग्दै, चैते धान हराभरा

 चैत १३, २०८० मंगलबार १२:७:४ | रासस
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरका विभिन्न क्षेत्रमा सिँचाई सुविधा पुग्न थालेको छ । केही वर्षअघिसम्म किसान आकासे पानीको भरमा खेती गर्न बाध्य थिए । सिँचाइ नहुँदा बाँझो क्षेत्र ‘लाखु टाँडी’ भनेर पनि चिनिन्थ्यो । तर अहिले अवस्था फेरिंदै गएको छ ।

भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताउनुहुन्छ । कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा बोरिङसँगै खेती हराभरा हुन थालेको छ । भरतपुर महानगर–२७ नयाँ पटिहानीका जीवन महतोका अनुसार सिँचाइ भएसँगै किसानलाई निक्कै सहज भएको छ ।  धान, मकै, तोरीजस्ता बालीका लागि बिगतमा जस्तो आकासे पानीको भर पर्नुपर्ने बाध्यता छैन ।

अहिले चैते धान हराभरा भएको छ । भरतपुर महानगरपालिका, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतले सिँचाइको व्यवस्था गरेपछि किसान उत्साहित भएका छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका सूचना अधिकारी अमरसिंह राईका अनुसार भरतपुर महानगरसहित विभिन्न क्षेत्रमा सिँचाई सुविधा पुर्याउन प्रयास हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया