शुक्रवारसम्म नै मौसम बदली र वर्षाको सम्भावना

 चैत १४, २०८० बुधबार ७:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पर्सि शुक्रवारसम्म नै बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै देशका धेरैजसो ठाउँ मुख्य गरी पहाडी क्षेत्रमा मौसम बदली, केही ठाउँमा हल्का वर्षा र थोरै ठाउँमा मध्यम वर्षाको अनुमान छ ।

अघिल्लो हप्ता बुधवारदेखि देशका धेरै ठाउँमा बदली र वर्षा भैरहेको छ । गएराति पनि काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, तनहुँ, संखुवासभा, धादिङलगायतका जिल्लामा हल्का पानी परेको थियो ।

काठमाण्डौसहित बाग्मती, कोशी र गण्डकीमा आज दिउँसोपछि हल्का तथा मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखामा मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । प्रि–मनसुनमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गर्छ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया