जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधन

 असार २४, २०७९ शुक्रबार १४:५१:१० | एजेन्सी
unn.prixa.net

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे ६७ वर्षकाे उमेरमा निधन भएकाे छ । गाेली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेकाे निधन भएकाे जापानका सञ्चारमाध्यमले जनाएका छन् ।  

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए ।

आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती पुरुषमाथि अनुसन्धान जारी राखेकाे छ ।  

जापानी पूर्वप्रधानमन्त्री आबेमाथि गाेली प्रहार भएपछि विश्वभरिबाट नेताहरूले घटनाकाे निन्दा गर्दै स्वास्थ्य लाभकाे कामना गरेका थिए ।

६७ वर्षका सिन्जाे आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनु हुन्थ्याे । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी नाै वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको थियाे । 

सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उहाँको ठूलो भूमिका रहेको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया