नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई

 चैत १५, २०८० बिहिबार १५:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे ।

नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेन्डशिप कप खेल्दैछ । त्यही प्रतियोगिता अगाडिको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक देसाईले भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको उनको भनाइ छ ।

देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले एसीसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै राम्रो नतिजासहित देश फर्कने बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदलाई नयाँ ढङ्गबाट अगाडि बढाउन आफू लागिपरेको बताउनुभयो ।

फ्रेन्डशिप कप यही मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एकअर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन् ।

टी–२० विश्वकप आउँदो जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया