उपचुनाव : दलहरुका आ–आफ्नै उम्मेदवार, माओवादी र कांग्रेसबाट टुंगो लाग्न बाँकी

 चैत १६, २०८० शुक्रबार ९:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ (क) मा मुख्य दलहरुका आ–आफ्नै उम्मेदवार हुने भएका छन् । सत्तारुढ पाँच दलले समेत छट्टाछुट्टै उम्मेदवारी दिँदैछन् । एमाले, रास्वपा र एकीकृत समाजवादीले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् भने माओवादी र जसपाबाट टुंगो लाग्न बाँकी छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसबाट पनि उम्मेदवार चयन हुन बाँकी छ ।

एमालेले इलाममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिफारिस भएका अरु उम्मेदवारले समर्थन गरेपछि रास्वपाले हिजो लिम्बूको नाम टुंगो लगाएको हो ।

एकीकृत समाजवादीले इलाम–२ मा जितबहादुर राई र बझाङ–१ (क) मा वीरबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । इलाममा पहिचानवादी पक्षधरबाट डकेन्द्रसिंह लिम्बू र प्रेमदीप थाम्सुहाङले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

माओवादीले इलाम–२ मा धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । यीमध्येबाट एकजनाको नाम टुंगो लगाउने तयारी भैरहेको माओवादीले जनाएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसले इलाम–२ मा डम्बर खड्का, भेषराज आचार्य र केशव थापामध्ये एकजनालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया