महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण : प्रधानमन्त्री

 चैत १६, २०८० शुक्रबार १२:१४:१४ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला सशक्तीकरणको सबैभन्दा मुख्य आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ ।

महिला उद्यमी महासङ्घले ललितपुरमा आयाेजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आज बिहान उद्घाटन गर्दै उहाँले विगतका तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएकाे बताउनुभयो । तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन नसकिने र महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो । 

उहाँले आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो । महिलालाई आर्थिकरूपले सबल र सम्पन्न बनाउन नसकेसम्म महिला सशक्तीकरण हुन नसक्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले महिलाद्वारा सञ्चालित उद्योग र व्यवसायमा कर छुट तथा सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई अझ बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया