सुनको भाउमा फेरि नयाँ रेकर्ड

 चैत १६, २०८० शुक्रबार १२:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज २ हजार १ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

हिजो तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । यो रेकर्ड आज फेरि तोडिएको हाे । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीको भनाइ छ ।  यस्तै चाँदी आज तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया