आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै

 चैत १६, २०८० शुक्रबार १३:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेलीले टस जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालकाे 'ए' टाेलीका कप्तान विनाेद भण्डारीले पहिले बलिङ गर्ने निर्णय लिएका छन् । याे समाचार तयार पार्दासम्म आयरल्यान्ड–उल्भ्सले ५ ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएकाे छ ।

टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । हिजोदेखि शुरु हुने भनिएको  प्रतियोगिताको पहिलो खेल वर्षा पछि  मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।

यसैगरी नेपालको 'ए' टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

नेपाली टोलीको प्लेइङ–११ मा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी र हेमन्त धामी छन् । त्यस्तै बेन्चमा विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया