बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
कास्की – पोखरामा एक हजार तीन सय जनाभन्दा धेरै बालश्रमिक रहेका पाइएको छ । बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा यो तथ्यङ्क प्रस्तुत भएको हो ।
कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले अहिले केन्द्रले किडासालगायत दाताहरूको सहयोगमा बालश्रम न्यूनीकरण, जीविकोपार्जन तथा शिक्षालगायत चार वटा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
अहिले पोखरामा एक हजार तीन सय ६९ जना बालश्रमिकको पहिचान भएको बताउँदै उहाँले तीमध्ये पाँच सय ७२ जना विभिन्न वर्कशपमा कार्यरत रहेका जानकारी दिनुभयो । मोटर तथा मोटरसाइकल वर्कशपमा काम गर्ने धेरैजसो बालक भारतीय रहेकाले उनीहरूलाई कामबाट छुटाउन र परिवारको जिम्मा लगाउन नसकिएको बरालकाे भनाइ छ । ती बालश्रमिकलाई कार्यस्थलमै पुगेर शिक्षा प्रदान गर्ने गरिएको उहाँको भनाइ छ ।