‘जलवायु परिवर्तनले हिमाली क्षेत्रका समुदायमा गम्भीर असर’

 चैत १६, २०८० शुक्रबार १५:१८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्लाको सिमकोट गाउँपालिका-५ मा रहको तल्लो गाउँ र पृष्ठभूमिमा देखिएको पञ्चमुखी हिमाल । तस्बिर : रासस

काठमाण्डाै – राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको अध्ययनले जलवायु परिवर्तनले नेपालको हिमालय क्षेत्रका समुदायमा गम्भीर असर गरेको देखाएको छ ।

समितिले तयार पारेको ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८०’ मा जलवायु परिवर्तनले हिमालय क्षेत्रको वातावरण र त्यसमा निर्भर समुदाय दुवैलाई असर पारिरहेको उल्लेख छ । समितिले स्थलगत अवलोकनका क्रममा सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले ल्याएका असरहरूको अवस्थाबारे जानकारी लिएको थियो ।

हिमालमा हिउँ नपर्ने तथा कम पर्ने र परेको हिउँ पनि तीव्ररूपमा पग्लने अवस्था पाइएको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा जलवायु परिवर्तनका कारण समग्र वातावरण असन्तुलन हुने खतरा पनि त्यत्तिकै रहेको बताइएको छ ।

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा वर्षाको ढाँचामा नै परिवर्तन भइरहेको छ जसले गर्दा वर्षा र हिमपातको समय र यसको तीव्रतामा परिवर्तन आएको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तले अनेकौँ समस्या ल्याउँदा मानिससँगै अरू प्रजाति पनि समस्यामा पर्ने समितिको ठहर छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया