कोहलपुर–सुर्खेत प्रसारण लाइन : ६ हजार २ सय ३६ वटा रुख काट्ने प्रक्रिया शुरु

 चैत १६, २०८० शुक्रबार १५:३:११ | रासस
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया शुरु भएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ वटा रुख काट्ने अनुमति पाएसँगै कटान प्रक्रिया शुरु भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिनुभयो ।

विद्युत् विस्तारका लागि बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० वटा रुख काटिने छ । ती रुखमा छपानको काम सकिएको र कटानको फाइल प्रमाणित भएर आउने बित्तिकै रुख काटिने आयोजना प्रमुख चौधरीले बताउनुभयो ।

२०७७ साल असारदेखि शुरु भएको विद्युत् प्रसारण लाइन विस्तार कार्यको ७० प्रतिशत प्रगति भएको छ । प्रसारण लाइन विस्तार क्षेत्रमा रहेका रुख कटान अनुमति पाए पनि जग्गा विवाद भने कायमै रहेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद समाधानका लागि सरोकारवालासँग छलफल चलिरहेको छ । प्रसारण लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया