शिक्षालाई बढावा दिन चीनमा 'एआई' अभियान शुरु

 चैत १६, २०८० शुक्रबार १५:१८:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) अभियान शुरु गरेको छ ।

विशेषज्ञले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्ने गरी अभियान शुरु भएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अभियान चार वटा विशेष विषयमा केन्द्रित रहेको छ । जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा एआई लर्निङलाई एउटा स्तम्भका रूपमा अघि बढाइएको छ । अभियानको उद्देश्य एआईमार्फत शिक्षण र सिकाइको एकीकृत प्रयोगलाई प्रवर्द्धन गर्ने, नागरिकको डिजिटल शिक्षा साक्षरता र सीप सुधार गरि एआई प्रयोगको वैज्ञानिक मानकीकरण गर्ने रहेको छ ।

एआईसम्बन्धी कार्यक्रम अहिले चीनका ग्वान्झाओ, हैनान, सिझाङलगायतका विभिन्न शहरका विद्यालयमा नमुना कार्यक्रमका रूपमा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया