कपनबाट पेस्ताेलसहित एक जना पक्राउ

 चैत १६, २०८० शुक्रबार १५:२५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जिल्ला प्रहरी परिसर काठमाण्डाै‌ले गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई पेस्ताेलसहित कपनबाट पक्राउ गरेको छ ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा गुण्डागर्दी गर्ने र समाजमा भय, त्रास सृजना गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ ।

शङ्कास्पद गतिविधि गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई अहिले सरस्वतीनगर कपन बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लिम्बुको घरमा खोजी गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया