मेलम्चीको पानी : मन्त्री र सचिवको कुरा कति पत्याउने ? (भिडियो)

 मंसिर १९, २०७५ बुधबार ९:५१:३९ | उज्यालो सहकर्मी

 

काठमाडौं – मन्त्री, सचिव र अरु सरकारी कर्मचारीको कुराअनुसार मेलम्चीको पानी दसैँमा नै काठमाडौं आइसक्नुपर्ने हो । खानेपानी मन्त्री बीना मगरले गएको चैतमै भाषण गर्दा दसैँमा मेलम्चीको पानी आउने बताउनुभयो । तर पानी आएन ।

तीन दिनअघि मात्रै मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले अबको दुई महिनाभित्र काम सक्ने र पानी आउने बताउनुभयो । मेलम्ची आयोजनाका निर्देशक सूर्यराज कँडेलले पनि प्राविधिक काम सकेर तोकिएको अवधिमै पानी आउने भन्नुभयो ।

तर मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरेपछि तत्काल मेलम्चीको पानी काठमाडौं आउने संभावना नरहेको ठहर गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया