प्रचण्डकाे सङ्गत गरेपछि देउवाले बन्दुककाे भाषण गर्न थाल्नु भएछ : ओली

 कात्तिक २१, २०७९ सोमबार १७:५४:५४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले मात्रै देशमा समृद्धि ल्याउन सक्ने दाबी गर्नुभएकाे छ । आज साेमवार नेकपा एमाले स्याङ्जाले पुतलीबजारमा आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले भन्नुभयो, ‘नागरिकको हितमा काम गर्ने एमालेमात्रै हो ।’

सत्तारूढ गठबन्धनप्रति निकै आक्रामक देखिनुभएका ओलीले गठबन्धनाई सातुको डल्लो भएको टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘यो सत्तारुढ सातुको गठबन्धनलाई परमादेशको पानीले जोडिदिएको छ, जुन सहजै छुटिने स्पष्ट छ ।’ गठबन्धनका नेताहरू स्वार्थका खेलाडी भएको उहाँकाे आरोप छ । 

एमाले सरकारले विगतमा निकै राम्रा काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले फेरि पनि मङ्सिर ४ गतेपछि एमालेको सरकार बन्ने दाबी गर्नुभयो । यस पटकको चुनाव देशलाई उज्यालो कि अँध्यारोतर्फ लैजाने भन्नका लागि महत्त्वपूर्ण रहेकाे भन्दै उहाँले भन्नुभयो, ‘एमाले सरकारले मात्रै देशमा समृद्धि ल्याउन सक्छ ।’

अध्यक्ष ओलीले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भन्ने जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सिमानामा जानुस् न भन्नु भएछ’, उहाँले भन्नुभयो, ‘प्रचण्डको सङ्गत गरेपछि उहाँले बन्दुकको भाषण गर्न थाल्नुभएछ । 

अध्यक्ष ओलीले २०४२ सालमा स्याङ्जाको जेलमा बसेको स्मरण गर्दै स्याङ्जाका दुवै क्षेत्रमा एमालले जित्ने जिकिर गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया