दक्षिण कोरियालीहरूको उमेर १ देखि २ वर्ष घट्यो

 असार १३, २०८० बुधबार १५:१०:४ | एजेन्सी
unn.prixa.net

उमेर गणनाको अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेसँगै दक्षिण कोरियालीहरूको उमेर एकदेखि दुई वर्षसम्म घटेको छ ।

दक्षिण कोरियाले उमेर गणनाको परम्परागत विधिलाई त्यागेर आज बुधवारदेखि अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको हो । परम्परागत विधिअनुसार दक्षिण कोरियामा आमाको गर्भमा रहेको समयदेखि उमेर गणना गरिन्थ्यो । जन्मनासाथ एक वर्षको हुने शिशु नयाँ वर्षपछि दुई वर्षको हुन्थ्यो । जसअनुसार डिसेम्बरमा जन्मिएको शिशु त्यसपछि जनवरी लाग्नसाथ दुई वर्षको हुन्थ्यो ।

अब अन्तर्राष्ट्रिय मापदण्ड लागू भएसँगै दक्षिण कोरियालीहरूको उमेर कम्तीमा एक वर्ष र बढीमा दुई वष कम भएको बीबीसीले जनाएको छ । गएको वर्ष राष्ट्रपतिमा नियुक्त भएसँगै युन सुक योलले उमेर गणनाको नियम परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उमेर गणना गर्ने यो परम्परागत विधि उत्तर कोरियाले सन् १९८० को दशकमा र जापानले १९५० मै हटाएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया