विश्वमै पहिलो पटक मानिसको मस्तिष्कमा ८ सेन्टिमिटर लामो जीवित किरा भेटियो

 भदौ १२, २०८० मंगलबार १६:२२:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटिएको डाक्टरहरूले बताएका छन् । यस्तो घटना विश्वमै पहिलो पटक भएको वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो । यो रातो रङको किरा महिलाको मस्तिष्कमा झन्डै दुई महिनादेखि बसेको अनुमान छ । जनावरबाट मानिसमा रोग र सङ्क्रमण फैलाउने जोखिम बढिरहेको प्रमाणका रूपमा यो घटना आएको डाक्टरहरूले बताएका छन् ।

क्यानबेरा अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले महिलाको मस्तिष्कमा जीवित किरा भेटिएपछि अपरेशन थिएटरमा रहेका सबै जना स्तब्ध भएको बताउनुभएको छ । ‘यो पूर्णतया नयाँ प्रकारको सङ्क्रमण हो जुन आजभन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन’, उहाँले भन्नुभयो ।

अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता किराहरू पाइने डाक्टरहरू बताउँछन् । ताल छेउमा बस्ने महिलाले अजिङ्गरको मल र परजीवीको अण्डाबाट दूषित सागसब्जी खाएको हुन सक्ने डाक्टरहरूको अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया