टाटा कमर्सियल गाडीका लागि शुभकामना सर्भिस क्याम्प

 असोज १४, २०८० आइतबार २०:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिप्रदी ट्रेडिङ प्रालीले दशैँ तिहारलाई लक्षित गर्दै शुभकामना सर्भिस क्याम्पकाे आयाेजना गरेकाे छ ।

सिप्रदीले टाटा कमर्सियल गाडीका ग्राहकलाई सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले असोज १४ देखि कात्तिक ३ गतेसम्मका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको हाे । याे क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र सात वटा आधिकारिक सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन भइरहेकाे कम्पनीले जनाएकाे छ ।

याे क्याम्पमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफ.ई पी. चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि निःशुल्क चेकअप सुविधा रहेका छन् । क्याम्पमा गाडीको अवस्थाकाे बारेमा पूर्ण जानकारी दिँदै मर्मत गर्नुपर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्म र ल्यूब्रिकेन्टमा २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेकाे कम्पनीले जनाएकाे छ ।

यस्तै प्रि–सर्भिस बुकिङ गरी आउने ग्राहकका लागि निःशुल्क सर्भिसिङ चार्जको साथमा निःशुल्क वाशिङ र ग्रिजिङको सुविधा पनि छ । हाइवमो ब्रेक डाउन भएमा २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा पनि उपलब्ध रहने र भाग्यशाली ३४ जना ग्राहकले स्मार्ट घडी जित्ने कम्पनीले जनाएकाे छ ।

यस अवधिभर गाेङ्गबु बसपार्कबाट छुट्ने बसका लागि पनि विशेष चेकअप सुविधाका साथमा सुलभ मूल्यमा गाडी मर्मत गरिदिने व्यवस्था सिप्रदीले गरेको छ । यस अवधिभरमा ४ हजारभन्दा बढी गाडीको चेकअप गर्ने कम्पनीकाे लक्ष्य छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया