उदयपुरकाे गाईघाटमा सिप्रदीको सर्टिफाइड ग्यारेज

 मंसिर ८, २०८० शुक्रबार १३:१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले उदयपुरकाे गाईघाटमा सर्टिफाइड ग्यारेज सञ्चालनमा ल्याएकाे छ।

 कम्पनीले टाटाका कमर्सियल गाडीका लागि गाईघाटमा रहेकाे लक्ष्मी इन्टरप्राइजेजलाई सर्टिफाईड ग्यारेजको मान्यता प्रदान गरेकाे हाे । 

टाटा मोटर्स कस्टमर केयर कमर्सियल भेहिकल डिभिजनका सार्क रिजन हेड राजीव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले बुधवार ग्यारेजकाे उद्घाटन गर्नुभएकाे हाे । 

ग्राहकहरुलाई सहज तथा पायक पर्ने ठाउँमा सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्यारेजलाई सर्टिफाइड गरिएकाे शर्माले बताउनु भयाे । 

नेपालभरी सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरु रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया