'मोटुल' लुब्रिकेन्ट्सलाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री गर्ने

 मंसिर १३, २०८० बुधबार २०:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड 'मोटुल' लाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री/वितरण गर्ने भएको छ । लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको 'मोटुल' लाई अबदेखि आधिकारिक रूपमा बिक्री/वितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रूपमा नियुक्त गरेको हो ।

आधिकारिक बिक्रेताता नियुक्त भएसँगै आईएमई ग्रुपले मोटुल को बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुरानिकका अनुसार गुणस्तरीय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरूप 'मोटुल' सँग सहकार्य गरिएको हो ।

‘मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसँग जोडिएर व्यवसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौँ । साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरीय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्धसमेत छौँ’, उहाँले भन्नुभयाे ।

एक सय ७० वर्ष पुरानो फ्रेन्च ब्रान्ड 'माेटुल' विशेषतः 'हाई पर्फमेन्स' इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ । दुई पाङ्ग्रेदेखि 'हेभी ड्युटी' व्यावसायिक गाडीसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न 'रेन्ज' का प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सबै 'रेन्ज' नेपाली बजारमा उपलब्ध हुने आईएमई ग्रुपको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया