विदेश जान लागेका युवालाई लक्षित गर्दै 'टाटा मोटर्स स्वावलम्बी अभियान २.०'

 मंसिर २७, २०८० बुधबार १९:४५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले कामका लागि विदेश जान लागेका युवालाई लक्षित गर्दै 'टाटा मोटर्स स्वावलम्बी अभियान २.०' ल्याएको छ ।

यस अभियानअन्तर्गत ग्राहकले टाटा एस वा टाटा इन्ट्रा दुई लाख रुपैयाँकाे 'डाउनपेमेन्ट' मा खरिद गर्न सक्ने र देशमै रही आफ्ना साथीभाइ र परिवारको साथ रोजगारी/व्यवसायको अवसर सिर्जना गर्न सक्ने र स्वाभिमानी भई जीवन निर्वाह गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केही गर्न चाहने युवाका लागि यो अभियान राम्रो अवसर हुन सक्ने विश्वास लिनुभएकाे छ । यो योजना सार्वजनिक भएको केही दिनमै सोधपुछ गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उहाँ बताउनुहुन्छ ।

सिप्रदी ट्रेडिङ प्रालीले याे योजना पहिलो पटक भने ल्याएको होइन । यसअघि कोभिड–१९ का बेला पनि वैदेशिक रोजगारमा गएका कैयौँ नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारका लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो । बजारको माग र देशबाट युवा तीव्ररूपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल बिजनेस युनिटका सहायक जीएम दिवस बाबु सुवेदी बताउहुन्छ ।

कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङकाे नजिकको शो रुममा सम्पर्क गर्न सकिने वा ९८०११०७६०० मा मिस कल गर्न सकिने कम्पनीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया