‘नमेटिने घाउ’ चलचित्रमा केपी ओलीको पनि अभिनय

 माघ १५, २०८० सोमबार ९:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रमित ढुङ्गानाकाे फेसबुक

काठमाण्डाै - पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्नुहुनेभएको छ ।

अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’ नामको चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लाग्नुुभएको हो ।

चलचित्रको छायाङ्कन फागुन दोस्रो हप्तादेखि शुरु हुने निर्देशक एवम् अभिनेता ढुङ्गानाले बताउनुुभयो ।

हिजो ओलीको उपस्थितिमा काठमाण्डौमा चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर चलचित्र बन्न लागेको अभिनेता ढुङ्गानाले जानकारी दिनुुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया