रगतमा चिनीको मात्रा नाप्ने दाबी गर्ने स्मार्ट घडी र रिङ्ग प्रयोग नगर्न एफडीएकाे चेतावनी

 फागुन १७, २०८० बिहिबार १८:२४:४३ | एजेन्सी
unn.prixa.net

छाला नछेडिकन चिकित्सा उद्देश्यका लागि रगतमा चिनीको मात्रा नाप्ने दाबी गर्ने स्मार्ट घडी र हातमा लगाउने रिङ्गहरू खतरनाक हुनसक्ने अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बताएको छ । यी उपकरणहरूबाट टाढै रहन एफडीएले सुझाव दिएको न्युयोर्क टाइम्सले लेखेको छ ।

छाला नछेडिकन रगतमा ग्लुकोजको मात्रा नाप्ने कुनै पनि उपकरणलाई आधिकारिकता नदिएको एफडीएले बताएको न्युयोर्क टाइम्सले जनाएको छ । ग्लुकोज निगरानी प्रणालीले जसरी यी उपकरणले रगतमा चिनीको मात्रा सिधै नाप्न नसक्ने खबरमा उल्लेख छ ।

मधुमेह रोग भएका व्यक्तिहरूको शरीरले पर्याप्त हर्माेन इन्सुलिन नबनाउँदा वा शरीर इन्सुलिन प्रतिरोधी नहुँदा उनीहरूले रगतमा चिनीको मात्रालाई प्रभावकारी रूपमा नियमन गर्न सक्दैनन् । यस्तो अवस्थामा उनीहरूले छाडा छेडेरै रगतमा चिनीको मात्रा हेर्नुपर्ने हुन्छ ।

अस्वीकृत स्मार्ट घडी र रिङ्गको प्रयोग गर्दा गलत परिणाम दिने र गम्भीर अवस्था निम्त्याउन सक्ने अमेरिकी मधुमेह सङ्घका डाक्टर रोबर्ट गाब्बेले बताउनुभएको छ । यसले गर्दा बिरामीले औषधिको गलत मात्र प्रयोग गरेर रगतमा चिनीको स्तर खतरनाक हुन सक्ने र बिरामी कोमामा जान सक्ने वा ज्यान पनि जान सक्ने खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया