थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा शुरु

 चैत ४, २०८० आइतबार १२:८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर — थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा शुरु भएको छ । पाटन सङ्ग्रहालयमा हिजोदेखि शुरु भएको प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको छ ।

प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै डाक्टर सुरेश ढकालले थारू समुदायको इतिहास लेखनका हिसाबले प्रदर्शनी महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भाषा, संस्कृति, खानपान ठाउँअनुसार फरक-फरक भएकाले थारू समुदायलाई जोड्न साझा कुरा खोज्नुपर्नेमा जोड दिनुभयो ।

थारू सांस्कृतिक सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया