विद्युतीय गाडी उत्पादनका लागि थप ५० अर्ब डलर लगानी गर्ने हुन्डाईको घोषणा

 चैत १४, २०८० बुधबार १५:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

हुन्डाईले विद्युतीय गाडी उत्पादनका लागि थप साढे ५० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । हुन्डाईले विद्युतीय कार उत्पादन तथा बजार प्रवर्द्धनका लागि सन् २०२६ सम्ममा थप साढे ५० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको समाचारसंस्था एएफपीले जनाएको छ ।

हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर एलोन मस्कको टेस्ला र चिनियाँ कम्पनी बीवाईडीपछि दक्षिण कोरियाली कम्पनी हुन्डाई विद्युतीय गाडी उत्पादन क्षेत्रमा पछि परेको छ ।

हुन्डाईले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख वटाभन्दा धेरै पुर्याउने लक्ष्य राखेर विश्वव्यापी विद्युतीय कारको पहिलो तीन स्थानभित्र पर्ने प्रयास गरिरहेको छ । हुन्डाईको नयाँ योनाअनुसार दक्षिण कोरियामा ८० हजार नयाँ रोजगारी सिर्जना गर्नुका साथै तीन वटा नयाँ विद्युतीय कार निर्माण कारखाना स्थापना गर्नेछ ।   

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया