मलेसियाले आइतबारदेखि अवैधानिक कामदार पक्रिने

 असार १६, २०७५ शनिबार १७:३८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई पक्रिने भएको छ । 

वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि उनीहरुलाई पक्रिन आइतबारदेखि अभियान नै चलाउने भएको हो । पक्राउ गरेर वैधानिक हुने र घर फर्किने योजनामा सामेल नहुने कामदारसँगै उनीहरुका रोजगारदातालाई पनि कारवाही गरिने मलेसिया सरकारले यसअघि नै घोषणा गरिसकेको छ ।

उनीहरु दोषी पाइएमा ५० हजार रिंगिट जरिवार र ५ वर्षसम्मको जेल वा दुवै सजाय हुन सक्ने मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । मलेसियाले अवैधानिक रुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेकाले नेपाली दूतावासले पनि गैरकानुनी नेपालीहरुलाई यही समयभित्र स्वदेश फिर्न आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया