सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने आईएमई सम्मानित

 बैशाख १४, २०८१ शुक्रबार १८:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीका रूपमा आईएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स कम्पनीमध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आईएमईलाई सम्मानित गरेको हो ।

आज राष्ट्र बैंकमा आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गर्नुभयो । रेमिट्यान्स आप्रवाहले देशको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रशंसा पत्र ग्रहण गर्दै आईएमई  लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत पौडेलले यो सम्मानबाट ग्राहकलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिटेन्स सेवा प्रदान गर्न आईएमई थप उत्साहित भएको बताउनुभयाे ।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीलाई सम्मानित गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया