एकवाल अन्सारी / कतार

प्रश्नः दूतावासले प्रकाशन गरेको सूचीमा घर फर्कने नाम आयो । तर घर फर्कने दिन भने आजका दिनसम्म आएन ।

कहिले दूतावासको फोन लाग्दैन । फोन लागेको बेलामा दूतावासले पालो आउँछ भन्ने गरेको छ । सरकारले उद्धारका लागि भनेर जहाज पठाउन थालेको पनि एक महिना भयो । तर पालो कहिले आउला त ?


 

उत्तरः अहिले कतारमा रहेको नेपाली दूतावासले आफ्ना नम्बरहरु परिवर्तन गरेको छ । तपाईँलाई मैले यहाँ दूतावासका नम्बरहरु पठाएको छु ।  https://ujyaaloonline.com/desh-paradesh/story/40023/2020/7/9/numbers-to-contact-nepal-embassy-in-qatar   यो लिंक खोलेर नम्बर हेर्नुहोला । तपाईँको स्वदेश फिर्तीको प्रक्रिया चाडै पूरा होस् ।