गएराति काठमाण्डौसहित धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा

 चैत १८, २०८० आइतबार ६:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गएराति काठमाण्डौसहित देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको छ । केही ठाउँमा असिनापानीसमेत परेको छ । हावाहुरी र असिनापानीले बालीनालीमा क्षति पुगेको छ । मध्यपश्चिमदेखि पूर्वी क्षेत्रसम्मै हावाहुरीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिजो नेपालगञ्ज, दाङ र पोखरा आसपासमा विकास भएको न्यूनचापीय प्रणालीले हावाहुरी र चट्याङसहित वर्षा भएको हो । नेपालगञ्ज र दाङ आसपास विकास भएको प्रणाली केही कमजोर देखिएको तर पोखरा आसपासमा विकास भएको प्रणाली केही शक्तिशाली देखिएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

बेलुकीपख पोखरा आसपासबाट शुरु भएको हावाहुरी काठमाण्डौ हुँदै पूर्वसम्म पुगेको थियो । प्रिमनसुनको बेला हावाहुरी र चट्याङसहित वर्षा हुनु स्वभाविक भएको मौसमविदको भनाइ छ ।

आज पनि दिउँसो र बेलुकीपख केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद अर्यालले बताउनुभयो । गएको १२ घण्टामा सबैभन्दा धेरै वर्षा गोरखाको बारपाकमा भएको छ । त्यहाँ ९१ मिलिमिटर पानी परेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया