कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक बन्द

 चैत १९, २०८० सोमबार ९:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – हेटौँडालाई काठमाण्डौसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा अनिश्चितकालका लागि गाडी सञ्चालन बन्द गरिएको छ । सडकखण्ड स्तरोन्नतिका लागि हिजोदेखि गाडीको आवागमन बन्द गरिएको हो ।

यो सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले गाडी आवागमन बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिनुभयो । उहाँले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताउनुभयो ।

यसअघि यही चैतको पहिलो हप्तादेखि कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागिगाडी सञ्चालन बन्द गरिएको थियो ।

निर्माण सम्पन्न नहुँदै हेटौँडा–काठमाण्डौ आवतजावत गर्ने गाडी आवागमन गर्न थालेपछि सडक कालोपत्र नभएसम्मका लागि फेरि यातायात आवागमन बन्द गरिएको वडा कार्यालयले निकालेको सूचनामा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया