सुदूरपश्चिम प्रदेशमा आज खखडेहरा पर्व मनाईंदै, प्रदेशभर सार्वजनिक बिदा

 चैत १९, २०८० सोमबार ९:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  -  सुदूरपश्चिमका राना थारु समुदायले आज खखडेहरा पर्व मनाउँदैछन् । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

राना थारू समुदायले होलीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाउने गर्छन् । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायमा एक महिनासम्म होली मनाउने चलन छ । फागू पूर्णिमादेखि एक महिना राति होली खोलिन्छ । होलीको अन्तिम दिन खखडेहरा पर्व मनाउने गरिन्छ ।

आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठूलो पर्व होरी अर्थात होली पनि सकिएको छ ।  राना थारूको बसोबास रहेको वस्तीमा खखडेहरा महोत्सवसमेत हुने गर्छ ।

सुदूरपश्चिम प्रदेश सरकारको २०७९ चैत २२ गते बसेको मन्त्रिपरिषदले खखडेहरा पर्वको दिन प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया