अतिप्रशोधित खानेकुराले माेटाेपना बढाउनेदेखि क्यान्सर, मधुमेहलगायतका राेग निम्त्याउँदै

 चैत १९, २०८० सोमबार १३:१७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बजारमा पाइने अतिप्रशोधित तयारी खानेकुराले स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । विभिन्न रङ्ग तथा रसायन मिसाएर प्याकेट बनाइएका अतिप्रशोधित तयारी खानेकुराले मोटोपना बढाउनेदेखि क्यान्सर, उच्च रक्तचाप, मधुमेह लगायतका विभिन्न रोग निम्त्याउने विज्ञहरूले बताएका छन् । विश्वमा नै ३० वटाभन्दा बढी स्वास्थ्य समस्या यस्ता खानेकुराका कारण निम्तिएको अध्ययनहरूले देखाएका छन् ।

नेपालको सन्दर्भमा पनि अतिप्रशोधित खानेकुराको खपत बढिरहेको पोषणविद् कला नेपालले बताउनुभयो । उहाँका अनुसार यस्ता तयारी खानेकुरा खाने बानी परेकाहरूले तरकारी, भात, रोटी, दालजस्ता पोषणयुक्त खानेकुरा खान त्यति मन गरेको पाइँदैन । जसले गर्दा विभिन्न किसिमका भिटामिनकाे कमी भएर शरीरमा विभिन्न रोग लाग्ने, थकान हुने तथा मानसिक समस्यासमेत बढ्न थालेकाे छ ।

अतिप्रशोधित तथा तयारी खानाले विशेषगरी बालबालिकालाई शारीरिक र मानसिक दुवैरूपमा कमजोर बनाउने गरेको पाइएको पोषणविद् कला नेपालले उज्यालोलाई जानकारी दिनुभयो । प्याकेटमा राखेका खानेकुराको स्वाद बढाउन र सधैँ ताजा जस्तै बनाउन विभिन्न किसिममा रङ्ग र रसायन प्रयोग गरेको पाइन्छ ।

मानिसलाई लत बसाउन र तलतल लगाउन मद्दत गर्ने रसायन पनि यस्ता खानेकुरामा मिसाउने गरेको विभिन्न समयमा हुने अनुगमनका क्रममा भेटिएको छ । त्यसैले यस्ता खानेकुराको प्रयोग कम गर्नुपर्ने पोषणविद् कला नेपालको सुझाव छ । उहाँले यसबारेमा नागरिक स्तरमा सचेतना बढाउन राज्यस्तरबाटै विभिन्न कार्यक्रम ल्याएर लागू गर्न ढिला भइसकेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया