आईपीएल क्रिकेटमा आज आरसीबी र लखनउ खेल्दै

 चैत २०, २०८० मंगलबार ९:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।

यो सिजन बेंगलुरुले ३ खेलमा दुई हार ब्यहोरेको छ भने लखनउले २ खेल खेल्दा एकमा जित र अर्कोमा पराजित भएको छ । बेंगलुरु चेन्नई र कोलकातासँग पराजित हुँदा पञ्जावलाई हराएको थियो । त्यस्तै लखनउ राजस्थानसँग हारेको थियो । उसले पञ्जावलाई हराएको थियो । लखनउ अङ्क तालिकाको छैठौँ र बेंगलुरु नवौँ स्थानमा छ ।

गएराति भएको खेलमा मुम्बई इन्डियन्स्ले लगातार तेस्रो हार ब्यहोरेको छ । राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हरायो । पाँच पटकको उपाधि विजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । उसको ३ खेलमा ६ अङ्क छ । राजस्थान तालिकाको शीर्ष स्थानमा छ । मुम्बई पुछारमा छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया