अर्घाखाँचीमा डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका खेल्नेलाई पुरस्कृत गरिने

 चैत २०, २०८० मंगलबार १०:२:५ | प्रेमनारायण आचार्य
unn.prixa.net

काठमाण्डौ – अर्घाखाँचीमा वनमा लाग्ने डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा विभिन्न क्षेत्रमा डढेलो फैलिने जोखिम उच्च हुने र क्षति पुग्ने गरेकोमा डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने सङ्घसंस्था, समूह र व्यक्तिलाई  १० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने निर्णय भएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम तथा जिल्ला वन समन्वय समिति र जिल्ला वन सुरक्षा समितिको संयुक्त बैठकमा वन डढेलो नियन्त्रण गर्नेलाई पुरस्कृत गर्ने निर्णय भएको हो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया