किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा

 चैत २०, २०८० मंगलबार १०:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ  । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोर किशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो ।

संवाहिका समाज नेपाल नामको संस्थाले काठमाण्डौमा हिजो आयोजना गरेको साइबर हिंसा नियन्त्रण सम्बन्धी कार्यशालामा किशोर किशोरीहरुले आफूले भोगेका  साइबर हिंसाका अनुभव सुनाएका हुन् । कार्यक्रममा  सिद्धि गणेश उच्चमाविका प्राचार्य केशव भण्डारीले हातहातमा पुगेको स्मार्ट फोनले सुविधासँगै साइबर हिंसाको पीडा किशोर किशोरीहरुलाई दिने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपककुमार वस्तीले साइबर हिंसा र त्यसबाट जोगिने उपायका बारेमा किशोर किशोरीलाई सचेत गराउनुभयो । सकेसम्म कसैले पठाएका अनलाइन लिङ्कहरुमा क्लिक नगर्न र अपरिचितले पठाएका कुनै पनि सन्देशहरुको जवाफ नदिन उहाँको सुझाव छ ।

आफूलाई परेको समस्या कोही नजिकका आफन्त वा साथीभाइसँग भन्नुपर्ने भन्दै उहाँँले यसले किशोर किशोरीमा हुने मानसिक तनाव कम हुने र कानुनी उपचारको बाटोमा जान सहज हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया