अर्घाखाँचीको गच्छे–भालुवाङ सडक निर्माण कार्य तीव्र

 चैत २०, २०८० मंगलबार १२:८:१५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – राप्ती नदीवारिकाे जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट दाङको भालुवाङ पुग्न गोरुसिङ्गे हुँदै १ सय २० किलोमिटर सडक यात्रा गर्नुपर्छ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी हो ।

अर्घाखाँचीको सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट महेन्द्र राजमार्ग कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा, धानखोला हुँदै पुग्नुपर्ने अवस्था छ । तर गच्छे भालुवाङ ७३ किलोमिटर सडक निर्माण पूरा भएपछि सडक यात्रा ४७ किलोमिटर छोटो हुनेछ । अर्घाखाँचीलाई भालुवाङसँग जोड्ने गच्छे भालुवाङ सडक निर्माणको काम तीव्र भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले प्रदेशको गौरवको योजनाको रूपमा यो सडक निर्माण कार्य अगाडि बढाएको हो । सन्धिखर्कको गच्छेबाट शुरु भएर ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल, दरबाङ हुदै भालुवाङसम्मको सडक निर्माण कार्य भइरहेको सडक विकास पूर्वाधार कार्यालयका प्रमुख गोपिराज पुन मगरले बताउनुभयो ।

७३ किलोमिटरमध्ये गच्छेबाट टोड्केसम्मको १८ किलोमिटर सडककाे ग्राभल कार्य सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सबइन्जिनियर टोपबहादुर दर्लामीले बताउनुभयो । यो सडकको विस्तार तथा ग्राभलसहितको कार्य काष्टमण्डप निर्माण सेवाले १२ करोड रुपैयाँको लागतमा सम्पन्न गरेको छ ।

टोड्केबाट लामा तालसम्मको ३० किलोमिटर सडकको विस्तार तथा ग्राभलको काम ८० प्रतिशत सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सबइन्जिनियर दर्लामीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया