पेट्रोलियम पदार्थ उत्खनन उपकरणसहितका सामग्री दैलेख पुग्यो

 चैत २०, २०८० मंगलबार १२:४२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख पुर्‍याइएको छ । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट उत्खनन उपकरणसहित पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख आइपुगेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेको कामका लागि चीनबाट उपकरण ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठूला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा पुग्न लागेका छन् ।

यसअघि नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम गरिएको थियो ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग दुई अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

सरकारले भैरवी गाउँपालिका–१, जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको अधिग्रहण गरिसकेपछि पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया